सबैला नगरपालिकामा एकदिने नि : शुल्क शिबिर , ६१५ लाभान्वित
जनकपुरधाम , २४ माघ। धनुषाको सवैला नगरपालिका ९ मा वडास्तरीय एक दिने नि : शुल्क शिविर सम्पन्न भएको छ । एकदिने उक्त नि : शुल्क शिविरबाट६१५ जना लाभान्वित भएको हो ।
जानकि मेडिकल कलेज शिक्षण अस्पताल रमदैया भवाडीको सहयोग र सवैला नगरपालिका ९ का वडाध्यक्ष मनिष रायको सहकार्यमा बिशेषज्ञ चिकित्सकद्वाराएकदिने नि : शुल्क स्वास्थ्य शिविर सवैला नगरपालिकाको वार्ड नं ९ स्थित वडा कार्यालयको भवन भठिहनमा आयोजना गरिएको थियो ।
जानकी मेडिकल कलेज शिक्षण अस्पतालबाट मेडिसिन ,सर्जरी , पेडियाट्रीक्स बिभाग , गाइनोकोलोजि बिभाग , हाड जोर्नी तथा नशा बिभाग , नाक कान घांटीबिभाग , डर्माटोलोजि बिभाग , आंखा बिभाग , डेन्टल बिभाग , ल्याव तथा अल्ट्रासाउण्ड का दुइ दर्जनबढि चिकित्सकको टोलिमा सहयोगीसहित ३२ जनाकोसमुहले ६१५ जना बिरामीलाइ चेकजांच , अल्ट्रासाउन्ड , एक्स - रे , लाइभ जांचसहित नि : शुल्क औषधी बितरण गरेको वडाध्यक्ष मनिष रायले जनाउनुभयो ।
कार्यक्रम सतोषर समाज कल्यान अन्तरराष्ट्रिय युवा परिवारका सेवकहरु , इलाका प्रहरी कार्यालय सवैला लगायत स्थानिय बुद्धिजिबिहरुको सहयोगमा सम्पन्नभएको हो ।
Post a Comment