मधेशी जनताको मुक्तिबिना नेपालको मुक्ती असम्भव:प्रम प्रचण्ड
जनकपुरधाम,१२ फाल्गुन। प्रधानमन्त्री प्रचण्डले मधेशी जनताको मुक्ती र समृद्धिबिना समग्र नेपालको मुक्ती र समृद्धी असम्भव रहेको बताउनुभएको छ ।
धनुषाको जनकनन्दनी गाउंपालिकाको कठाल र सिरहाको मलहनिया जोड्ने पुलको समुदघाटन पश्चात् शनिबार धनुषा र सिरहा जोड्ने अर्को डबल लेनको पक्की पुल शिलान्यास गर्न धनुषाकै सवैला नगरपालिका ४ स्थित कमला आइपुगेका प्रम प्रचण्डले मधेशी जनताको आर्थिक बिकास र समृद्धिबिना नेपालको समृद्धी सम्भव नरहेको तथा नेपालको राष्ट्रिय एकता र स्वाधीनता सुदृढ हुन असम्भव रहेको बताउनुभयो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सडक बिभागद्वारा निर्माण हुन लागेको कमला पुलको सिलान्यासको क्रममा प्रम प्रचण्डले मधेशबाट दोस्रो पटक निर्वाचित भैसकेकोले मधेशमाथी ध्यान रहेको र मधेशी जनतासंग प्रेम रहेको बक्तव्यलाइ दोहोर्याइएका छन ।
अगामी नीति तथा कार्यक्रममा मधेशको निम्ति विशेष ब्यबस्था समेत गर्ने उहाको भनाइ रहेको छ।
शनिबार सिलान्यास भएको डबल लेनको पक्की पुल कन्चनबन, जानकी मेडिकल, मिथिलेश्वर , सवैला हुँदै सिरहा सम्म पुग्नेछ र जसको नाम एन एच २९ (NH29) राखिएको छ।
एम एस इलाइट एस बि ए जोइन्ट भेन्चर काठमाडौंको कम्पनिले पाएको उक्त ठेकाको ठेका रकम १ अर्ब ११ करोड ५ लाख ७४ हजार ८०० रहेको छ । कम्पनिले सो ठेका २०७९ असार २९ मा पाएका छन भने २०८२ माघ २५ भित्र ४२ महिनाभित्रको अवधिमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । पुलको लम्बाइ १० स्पान अर्थात ६०० मिटर रहेको छ।
कार्यक्रममा सवैला नगरपालिकाका नगरप्रमुख कारिराम यादवले अध्यक्षता गरेका थिए भने मातृका प्रसाद यादब , रामकृष्ण यादब ,श्रवन बर्बरिया यादव लगायत विभिन्न पालिका प्रमुख संगै हजारौको सहभागिता रहेको थियो।
Post a Comment