नापी कार्यालयका कर्मचारी सवार गाडी दुर्घटनामा घाइते भएका एकको मृत्युु
सर्लाही — नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते भएका वागमती नगरपालिका-११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ ।
घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे नापी कार्यालयको कार्यालय सहयोगी थिए ।
सोमबार राति नवलपुर-मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको छ । नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहित केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
Post a Comment